ट्राफिक जरिवाना तिर्न लाइन बस्नु नपर्ने, मोबाइल वालेटबाटै सिधै तिर्न सकिने

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
ट्राफिक जरिवाना तिर्न लाइन बस्नु नपर्ने, मोबाइल वालेटबाटै सिधै तिर्न सकिने

काठमाडौं ।

ट्राफिक जरिवाना तिर्नका लागि अब लाइन बस्न नपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै सवारी चालकहरू लाइन बस्न नपर्ने भएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिदै अझ बढि सहज, सरल र सुबिधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । यसले सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खाता मार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।

आज (चैत २७ गते) देखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने महाशाखाको योजना रहेको छ।

आगामी दिनहरुमा अनलाईन भुक्तानी प्रणाली सेवा संचालन सम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पुरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Singapore EV sales forecast to rise 34.3 pct in 2026

  • Technology Khabar
  • २७ चैत्र २०७७, शुक्रबार