सामसङ र एडिडासको साझेदारीमा ग्यालेक्सी बड्स प्रो स्पेशल एडिशन आउँदै

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
सामसङ र एडिडासको साझेदारीमा ग्यालेक्सी बड्स प्रो स्पेशल एडिशन आउँदै

काठमाडौं ।

स्टान स्मिथ टेनिस जुत्ताबाट प्रेरित भएर सामसङ र एडिडासको साझेदारीमा ग्यालेक्सी बड्स प्रो को स्पेशल एडिशन आउने भएको छ।

यो बड्स प्रो लिमिटेड एडिशन सेतो र हरियो स्न्यापब्यक ह्याट केशमा आउनेछ।

यसमा रिसाइकल गरिएको मेटेरियलबाट बनेको एडिडासको नयाँ स्टान स्मिथ स्निकर किन्न मिल्ने कुपन पनि राखिएको छ।

एडिडासले फोहर घटाउने उद्देश्यले लिमिटेड एडिशन ग्यालेक्सी बड्स प्रोको केस पनि रिसाइकल गरिएको मेटेरियलको प्रयोग गरेर बनाएको छ।

यसबाहेक बड्स प्रो पेयर गरेपछि ग्यालेक्सी फोनका प्रयोगकर्ताले एडिडास ओरिजिनल्स थिम पनि प्राप्त गर्नेछन्।

यो स्टान स्मिथ ग्यालेक्सी बड्स प्रो दक्षिण कोरियामा बुधबार अप्रिल ७ मा सार्वजनिक हुने बुझिएको छ। यसको शुरुवाती मूल्य २४९ डलर तोकिएको छ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २५ चैत्र २०७७, बुधबार