स्पटिफाइले ल्यायो हेल्लो गुगलजस्तै भ्वाइस कमान्ड फिचर ‘हे स्पटिफाइ’

  • Technology Khabar | २४ चैत्र २०७७, मंगलवार
स्पटिफाइले ल्यायो हेल्लो गुगलजस्तै भ्वाइस कमान्ड फिचर ‘हे स्पटिफाइ’

काठमाडौं ।

अघिल्लो महिना स्पटिफाइले स्पटिफाइ अन गर्नाका लागि ह्याण्ड्स फ्री आदेश शब्द-‘हे स्पटिफाइ’ बनाइरहेको चर्चा चलेको थियो। हालै एक प्रयोगकर्ताको सामसङ ग्यालेक्सी एस२१ फोनमा स्पटिफाइको उक्त आदेश शब्द इनेबल गर्ने नोटिफिकेशन आएको छ।

उक्त व्यक्तिको मोबाइल स्क्रीनमा ‘हे स्पटिफाइ’ अन गर्ने आग्रहसहितको नोटिफिकेशन आएको थियो। स्क्रीन अन र स्पटिफाइ एप खुलै भएको बेला ‘हे स्पटिफाइ’ भनेपछि यो एपमा भएको भ्वाइस सर्चले स्पटिफाइलाई तयार राख्छ। यसले हे स्पटिफाइ भन्ने शब्द सुन्ने र त्यस अनुसार अगाडिका कामहरुको लागि आफूलाई तयार राख्दछ।

स्पटिफाइको भ्वाइस डाटा प्रयोगसम्बन्धी नीतिका अनुसार यो एपले प्रयोगकर्ताले भ्वाइस बटन थिचेर हे स्पटिफाइ भनेपछि सर्च गरेको रेकर्डिङलाई मात्र सेभ गर्दछ।

यसले ह्याण्ड्स फ्री प्रयोजनका लागि स्पटिफाइको आफ्नै भ्वाइस फङ्शनलाई इनेबल गर्नेबाहेक अन्य कुनै कुरा थप्दैन।

सामान्यतया: एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले सजिलै ‘हेल्लो गुगल’ भनेर नै स्पटिफाइमार्फत् कुनै कलाकार छान्न, प्लेलिस्ट, पडकास्ट तथा एल्बम सुन्न सक्छन्। तर स्पटिफाइले आफ्ना प्रयोगकर्ताहरुले गुगलको सट्टा आफ्नै भ्वाइस सर्च प्रयोग गरुन् भन्ने उद्देश्यले यसको विकास गरेको बुझिएको छ।

स्पटिफाइको भ्वाइस सर्च फिचर पहिलो पटक सन् २०१९ मा स्पटिफाइका प्रिमियम यूजरका लागि खुला गरिएको र ‘हे स्पटिफाइ’ शब्द भने सन् २०२० को मार्चतिर प्रयोग भएको थियो। एजेन्सीहरुको साथमा

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २४ चैत्र २०७७, मंगलवार