नेशनल आईसीटी अवार्ड २०२१ का लागि सञ्चार मन्त्रालयले माग्यो आवेदन

  • Technology Khabar | २३ चैत्र २०७७, सोमबार
नेशनल आईसीटी अवार्ड २०२१ का लागि सञ्चार मन्त्रालयले माग्यो आवेदन

काठमाडौं ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सरकारले प्रदन गर्ने नेशनल आईसीटी अवार्ड २०२१ का लागि आवेदन दिन आग्रह गरेको छ।

प्रत्येक वर्ष मे २ तारिखमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएकामा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थामध्येबाट उत्कृष्ट ५ लाइ पुरस्कृत गरिने भएकाले मन्त्रालयले इच्छुक व्यक्ति तथा संघसंस्थाबाट आवेदन माग गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै निम्नलिखित पाँच वटा पुरस्कारका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा गएर फाराम भर्न आग्रह गरेको छ।

१. नेशनल आईसीटी एक्सलेन्स अवार्ड २०२१

२. नेशनल आईसीटी इनोभेसन अवार्ड २०२१

३. नेशनल आईसीटी अवार्ड २०२१ पब्लिक सेक्टर

४. नेशनल आईसीटी अवार्ड २०२१ प्राइभेट सेक्टर

५. नेशनल आईसीटी एक्सलेन्स अवार्ड २०२१ महिला

उक्त फाराम भरेर ढिलोमा २०७८ वैशाख ४ गते बेलुका ५ बजेभित्र [email protected] मा इमेलमार्फत् वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...