नोकियाले आफ्नो पहिलो ट्रू वायरलेस स्टेरियो ‘टिडब्लूएस’ ईयरफोन लन्च गर्ने

  • Technology Khabar | २१ चैत्र २०७७, शनिबार
नोकियाले आफ्नो पहिलो ट्रू वायरलेस स्टेरियो ‘टिडब्लूएस’ ईयरफोन लन्च गर्ने

काठमाडौं ।

नोकियाले भारतमा अप्रिल ५ तारिखदेखि फ्लिपकार्टमा एक नयाँ अडियो उत्पादन सुरू गर्नेछ।

ईकमर्स प्लेटफर्ममा नोकिया अडियो स्टोरअनुसार, अडियो डिभाइसमा एक प्रविधि हुनेछ जसमा ‘शुद्ध साउण्ड दिनको लागि’ डिजाइन गरिएको हो।

यसले उत्पादनलाई पानी परेको समयमा, भीडभाड भएको ठाउँमा, बाहिर काम गर्दा, र गेमिङ्ग, का लागि प्रयोग गर्न सकिने संकेत दिन्छ। यसका टिजरहरूकाअनुसार फिनिश कम्पनीले ट्रू वायरलेस स्टेरियो ‘टिडब्लूएस’ ईयरफोन सुरु गर्न सक्दछ।

चाखलाग्दो कुरा के हो भने, यो लन्चिङ्ग अर्को इभेन्ट भन्दा तीन दिन अघि हुनेछ जून इभेन्ट नोकियाबाट लाइसेन्स लिएको एचएमडी ग्लोबलले हालै पुष्टि गरेको छ।

फ्लिपकार्टमा नोकिया अडियो स्टोर माइक्रोसाइटकाअनुसार आगामी अडियो उत्पादनमा विभिन्न फिचर हुनेछ । यसबाहेक वायरलेस इयरफोन वाटर रेसिस्टेन्ट लागि आईपीएक्स ७ रेटिङ्ग प्रदान गर्न गर्नेछ।

यसअघि नै भारतमा इकमर्श फ्लिपकार्टले नोकियाका टिभी, ल्यापटप, एयरकन्डिसन लगायत सार्वजनिक गरिसकेको छ। एजेन्सी

प्रकाशित: २१ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Everest Engineering College organized talk program on ‘Save the Himalayas’

  • Technology Khabar
  • २१ चैत्र २०७७, शनिबार