चिप अभावले लागत बढेको शाओमीका अध्यक्षको भनाई, उपभोक्ताको मूल्यमा असर पर्नसक्ने

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
चिप अभावले लागत बढेको शाओमीका अध्यक्षको भनाई, उपभोक्ताको मूल्यमा असर पर्नसक्ने
काठमाडौंको नयाँ बानेश्वरमा खोलिएको नयाँ सर्भिस सेन्टर । फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमीका अध्यक्ष वाङ्ग जियाङ्गनले ग्लोबल चिप अभावले कम्पनीको लागत बढाउँदै लगेको बताएका छन् । जसले गर्दा आगामी दिनमा केहि अवस्थाहरूमा यसको उत्पादनको मूल्य बढ्न सक्ने संकेत गरेका छन्।

‘हामी हाम्रो हार्डवेयर उपकरणहरूको लागतलाई अनुकूलन गर्न जारी राख्नेछौं, त्यो निश्चित छ,’ उनले कम्पनीको चौथो त्रैमासिक आय कलमा भनेको रोयटर्सले उल्लेख गरेको छ।

‘इमान्दारीताका साथ हामी उपभोक्ताहरुलाई सक्दो उत्तम मूल्यमा प्रस्ताव गर्न सक्दो कोशिश गर्नेछौं। तर कहिलेकाँही, हामीले बढेको लागतको केही अंश बिभिन्न अवस्थामा उपभोक्ताले भोग्नुपर्ने हुन्छ।’

रिपोर्टकाअनुसार कम्प्युटर चिप्सको अभावले गत बर्षको तुलनामा इलेक्ट्रोनिक्स उद्योगलाई समस्यामा पारेको छ, यसमा कोभिड-१९, प्रमुख चिनियाँ टेक्नोलोजी कम्पनीहरूको बिरूद्ध अमेरिकी प्रतिबन्ध, र  सेमीकण्डक्टर आपूर्ति श्रृंखलालाई माथि उठाउन मागको कमजोर अनुमानलगायतको भूमिका छ ।

यसले गर्दा मूल रूपमा अटोमोटिभ उद्योगमा सबैभन्दा धेरै असर पारेको छ भने चिप अभावले स्मार्टफोन सहित हार्डवेयर उत्पादनहरूको सबै प्रकारका दायरामा असर गर्न शुरु गरेको छ।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...