Apple

एप्पलले स्थानिय चिप उत्पादनमा करहरू घटाउन अमेरिकी सरकारसँग पैरवी गर्दै

एप्पलले स्थानिय चिप उत्पादनमा करहरू घटाउन अमेरिकी सरकारसँग पैरवी गर्दै
Global IME Bank

टेक कम्पनी एप्पलले संयुक्त राज्य अमेरिकामा घरेलु चिप उत्पादन बढाउन कोशिस गरिरहेको छ, र यसको लागि कम्पनीले अमेरिकी सरकारसँग कर कटौती र अन्य सुविधाहरू प्राप्त गर्न पैरवी गरिरहेको छ।

यसले गर्दा कम्पनीले संयुक्त राज्य अमेरिकामा यसको आपूर्ति श्रृंखला बढाउने  सुझाव दिएको छ।

ब्लूमबर्गले रिपोर्ट गरेझैं अमेरिकी सरकारले यस हप्ता २०२० को दोस्रो र तेस्रो त्रैमासमा पैरवी गरेको खुलासा सार्वजनिक गर्‍यो, जसमा एप्पलले ट्रेजरी डिपार्टमेन्ट, कंग्रेस र ह्वाइट हाउससँग पैरवी गरेको कुरा स्पष्ट गरेको छ।

एप्पल र अमेरिकी सरकार बीचको लबीको कारणहरु धेरै छन्, तर त्यसमध्ये अधिकांश भने देश भित्र चिप उत्पादनको लागि कर कटौती समावेश गर्दछ।

कागजातको अंशमा उल्लेख छ कि कम्पनीले ‘घरेलु सेमीकन्डक्टर उत्पादनको लागि कर क्रेडिटसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरे।’

एप्पलको पहिलो कस्टम चिप ए फोर सन् २०१० मा पहिलो जेनरेशन आईप्याडको साथ प्रस्तुत गरिएको थियो र त्यसपछि यसलाई द्रुत रूपमा आईफोन फोर र अन्य उपकरणहरूमा प्रयोग गरिएको थियो।

एप्पल चिपहरु अब कम्पनीद्वारा बनाईएको लगभग सबै उपकरणमा उपस्थित छन् र चाँडै नै एप्पल सिलिकनले म्याकमा इंटेल प्रोसेसरहरू प्रतिस्थापन गर्नेछ। एजेन्सी

Sajilo Visa
easy care