ताजा समाचार

विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’ सञ्चालन

विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’ सञ्चालन
Global IME Bank

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एक रूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पुर्याउने उद्देश्यले विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको वालिङ नगरपालिका सूचना प्रविधि शाखा प्रमुख इप्रका अर्यालले बताए ।

युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने उनले बताए ।

पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी अर्ली वार्निङ सिस्टम’मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी रहेको अर्यालले बताए ।

विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यव‚थापन प्रणाली हो जुन नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको छ युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए ।

विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्य गर्नलाई सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रयोगका लागि विपद् पोर्टल’ले विशेष महत्व दिएको बताउँदै निर्देशक खतिवडाले विपद्का सूचना तथा तथ्याङ्क एकैठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको बताए । आजको गोरखापत्रबाट

Sajilo Visa
easy care