फुड डेलिभरी प्लेटफर्म फुडमारियो अब हाम्रोबजार डटकमको हिस्साको रुपमा संचालन हुने

  • Technology Khabar | २९ फाल्गुन २०७७, शनिबार
फुड डेलिभरी प्लेटफर्म फुडमारियो अब हाम्रोबजार डटकमको हिस्साको रुपमा संचालन हुने

काठमाडौं ।

केहि समय अघि फोर्ब्समा पर्न सफल भएको स्टार्टअप फुडमारियो अब हाम्रोबजार डट कमको एउटा अंगको रुपमा संचालन हुने भएको छ ।

यसअघि फोर्ब्सको ३० वर्ष भन्दा मुनीका ३० एशियाली उद्यमीहरुको सूचीमा समावेश भएका रोहित तिवारीले स्थापना गरेको फुडमारियो हालै एमएनएस इन्भेष्टमेन्टले किनेको हाम्रोबजारको एक हिस्साको रुपमा संचालनमा आउने भएको छ।

हाम्रो बजारलाई सन् २००५ मा प्रबल साखले स्थापना गरेका थिए जसलाई हालै संभव सिरोहियाको कम्पनी एमएनएसले अधिग्रहण गरेको थियो ।

एमएनएसले अधिग्रहण गरेसँगै हाम्रो बजारले रोहित तिवारीलाई हाम्रोबजारको प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो ।

आजै रोहितले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो निकै लामो विचार पोस्ट गर्दै फुडमारियो अब हाम्रोबजारको एउटा भाग हुने बताएका हुन् । उनले त्यसको लागि आगामी दिनमा नयाँ प्रविधिहरु समेत विकास गर्ने बताएका छन् ।

उनले आगामी दिनमा हाम्रोबजार डोमेनभित्रै फुड डेलिभरीका लागि फुडमारियो समेत सिर्जना गरिने बताएका छन् ।

आफूलाई यहाँसम्म ल्याई पुर्याउने सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘हाम्रो बजार प्लेटफर्ममा हाम्रोबजार फुड-बाई फुडमारियो सिधै संचालन हुनेछ र यो मार्च १३ तारिखदेखि शुरु हुनेछ ।’

केहि दिनअघि सिरोहियाको कम्पनी एमएनएस इन्भेष्टमेन्टले हाम्रोबजार डटकम किनेको जानकारी दिएको थियो । जसमा हालका लगानीकर्ता प्रवल साखले कम्पनीबाट बाहिरिने र रोहित तिवारी सिईओ हुने उल्लेख थियो ।

कम्पनीहरुले कति मूल्यमा हाम्रोबजार डटकम किनबेच भएको जानकारी सार्वजनिक नगरेपनि सो विषयमा जानकारी राख्ने स्रोतहरुका अनुसार भने करिब १० करोड रुपैयाँमा डिल भएको छ।

यो पनि हेर्नुस्-

किनबेच अनलाइन प्लेटफर्म हाम्रोबजार डटकम बिक्री, कसले किन्यो ?

प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार