नेपाल इन्भेष्टमेण्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, भारतमा रहेका नेपालीले सजिलै रकम पठाउन सक्ने

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार
नेपाल इन्भेष्टमेण्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, भारतमा रहेका नेपालीले सजिलै रकम पठाउन सक्ने

काठमाडौं ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंकले जनाएको छ।

यस एप मार्फत भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको भएको बैंकले जानकारी दिएको छ । यो एपबाट भारतमा बिदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ।

पैसा पठाउने यस एपलाई भारतको केन्द्रीय बैंकले समेत अनुमति दिएको बैंकले जानकारी दिएको छ।

उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • २७ फाल्गुन २०७७, बिहीबार