
काठमाडौं ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ मा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ ।
स्थानीय जनतालाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिमार्फत सार्वजनिक गर्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए ।
सेसी नेपाल र स्थानीय साझेदारी संस्था ग्रामीण वातावरण विकास केन्द्र डडेल्धुराको सहयोगमा स्थापना भएको सूचना प्रविधि केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्टले गाउँपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायतका अन्य सेवा घरबाटै हेर्न पाउने बताए।
गाउँमै प्रविधि केन्द्र स्थापना भएपछि महिला तथा सीमान्तकृत समुदायका नागरिक समेतले सहजै सूचना पाउने भएकोनवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले बताइन् । गाउँपालिकाले सूचना प्रवाह गर्नका लागि मोबाइल एप तथा पालिकाको डाटापोर्टलसमेत निर्माण गरिएको उनले बताइन्।
नवदुर्गा गाउँपालिका-१, को टेलीका उत्तरा रोस्यारा भन्छिन्, “नवदुर्गा गाउँपालिकाका योजना तथा महिला लक्षित कार्यक्रम हामी सूचना केन्द्रबाटै हेर्न पाउनेभएका छौँ ।”
सूचना प्रविधि केन्द्रमा नागरिक बडापत्र, नगर सभाका वार्षिक नीति, कार्यपालिकालेगरेका निर्णय, नगर पालिकाको बजेट तथा कार्यक्रमको विवरण, कर सम्बन्धी विवरणलगायत पालिकाका ऐन, नियम, कार्यविधि तथा प्रतिवेदन -एलईडी)मार्फत हेर्न सकिने नवदुर्गा गाउँपालिका-१ का वडाध्यक्ष भीमबहादुर बोहराले बताए । उनले भने , “वडाका विभिन्न समूह तथा व्यक्तिले सूचना केन्द्रबाट जानकारी लिएर विषयगत कार्यक्रम तथा योजना माग गर्न सक्ने छन् ।”
सूचना नागरिकको अधिकार भएको बताउँदै सेसी नेपालका क्षेत्रीय कार्यक्रम संयोजक महेन्द्र शाहीले कुनै सूचना र जानकारी नलुकाउनका लागि नै गाउँस्तरमा सूचना प्रविधि केन्द्र स्थापना गरेको बताए । गोरखापत्रबाट
प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार