भारतमा सार्वजनिक हुँदै सामसङको ग्यालेक्सी ए३२, नेपालमा कहिले आउला ?

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
भारतमा सार्वजनिक हुँदै सामसङको ग्यालेक्सी ए३२, नेपालमा कहिले आउला ?

काठमाडौं ।

गत महिना रसियामा सार्वजनिक गरिएको सामसङको ग्यालेक्सी ए३२ स्मार्टफोन भारतमा आउने चर्चा चलिरहेको छ। विभिन्न सञ्चारमाध्यममा आएका समाचार अनुसार भारतमा यो डिभाइस २ दिनपछि अर्थात् मार्च ५ तारिखमा उपलब्ध हुनेछ। यसअघि ग्यालेक्सी ए३२ को ५जी भर्सन लन्च भएकोमा अब भने यो फोरजी भर्सन आउन लागेको हो ।

यसमा ९० हर्ज रिफ्रेश रेट ६.४ इन्चको फूल एचडी प्लस एमोलेड डिस्प्ले रहनेछ। यसका साथै ६४ मेगापिक्सेलको मुख्य र ८ मेगापिक्सेलको अल्ट्रावाइड तथा ५ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सरसहितको क्वाड क्यामारा सेटप रहने बुझिएको छ। सेल्फीका लागि यस फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ।

मिडियाटेकको हेलियो जी८० प्रोसेसर रहने ए३२ मा ५००० एमएएचको ब्याट्री तथा त्यसका लागि १५ वाटको चार्जिङ सपोर्ट रहनेछ। यो फोन नीलो कालो सेतो र बैजनी रंगमा उपलब्ध हुनेछ।

यसको बेस भर्जनमा ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज दिइएको छ। यदि यो भारतमा आयो भने यसको मूल्य २० हजार भारुभन्दा तल नै रहनेछ।

त्यसबाहेक ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भर्जनको भने ३०० डलरको आसपास राखिएको छ।

पछिल्लो दिनमा मिडरेन्जका फोनहरु भारतीय बजारबाट सामसङले सार्वजनिक गरिरहेको छ । त्यसैले भारतमा लन्च भएसँगै यो फोन नेपाली बजारमा पनि आउनसक्नेछ । तर त्यसको लागि केहि समय भने कुर्नै पर्ने हुन्छ ।

हाल सामसङ स्थानीय बजारमा ए१२ स्मार्टफोन लन्च गर्ने योजनामा रहेकोछ ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...