स्मार्ट टेलिकमको नेटवर्कमा पनि नागरिक एप चलाउन सकिने, हाल परीक्षण गरिँदै

  • Technology Khabar | १९ फाल्गुन २०७७, बुधबार
स्मार्ट टेलिकमको नेटवर्कमा पनि नागरिक एप चलाउन सकिने, हाल परीक्षण गरिँदै

काठमाडौं ।

स्मार्ट टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप एकीकृत गरेर प्रयोग गर्नका लागि परीक्षण गरिरहेको छ । स्मार्टका ग्राहकहरुले हाल नागरिक एप प्रयोग गर्न नपाएपनि केहि दिनपछि नै सो एप नेटवर्कमा उपलब्ध हुने जानकारी दिएको हो।

कम्पनीले हाल सो एपलाई आफ्नो नेटवर्कमा प्रयोग गर्न सकिने बारेमा परीक्षण गरिरहेको जानकारी नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको छ ।

प्राधिकरणका एक अधिकारीले यसअघि स्मार्टको नेटवर्कमा नागरिक एप चलाउन नसकिने भएपनि अब भने केहि दिनपछि नै चलाउन सकिने जानकारी दिए ।

‘हामीले नागरिक एपलाई निशुल्क बनाउन भन्दै पत्र पठाएका थियौं सोहि पत्रको बारेमा जानकारी दिँदै छिटै स्मार्टको नेटवर्कमा नागरिक एप चलाउन परीक्षण गरिरहेको बताएको छ,’ ती अधिकारीले भने ।

यसअघि स्मार्ट टेलिकमले सो एपमा भएको डाटाहरुको बारेमा प्रश्न उठाउँदै आफ्नो नेटवर्कमा एपलाई एकीकृत गरेको थिएन् । त्यसपछि स्मार्ट टेलिकमका ग्राहकहरुले आफूहरुलाई विभेद गरिएको गुनासो गर्दै आएका छन् ।

अब भने स्मार्ट नेटवर्कमा सो एप उपलब्ध भएपछि सो गुनासो समेत बन्द हुने अपेक्षा गरिएको छ ।

हाल स्मार्ट टेलिकमका करिब २ लाख १९ सक्रिय ग्राहकहरु फोरजी नेटवर्कमा रहेका छन् ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार