त्रिवि सेवा आयाेगकाे अनलाइन पदपूर्ति दरखास्त फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

  • Technology Khabar | १८ फाल्गुन २०७७, मंगलवार
त्रिवि सेवा आयाेगकाे अनलाइन पदपूर्ति दरखास्त फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । आयाेगले ठूलाे संख्यामा कर्मचारीका लागि आवेदन माग गरेकाे छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले प्रकाशन गरेकाे विज्ञापनमा आयाेगकाे वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी खल्तीबाट गर्न सकिने बताईएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले प्राध्यापक, सह-प्राध्यापक, तथा उप-प्राध्यापक पदमा खुला र आन्तरिक प्रतियोगिताको लागि आवेदन आह्वान गरेकाे हो।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...