शाओमीद्वारा रेडमी के४० सिरिज सार्वजनिक

  • Technology Khabar | १४ फाल्गुन २०७७, शुक्रबार
शाओमीद्वारा रेडमी के४० सिरिज सार्वजनिक

काठमाडौं ।

चीनको स्मार्टफोन कम्पनी शाओमीले रेडमीको के४० सिरिज बजारमा ल्याएको छ। यस सिरिज अन्तर्गत तीनवटा भेरियन्टहरु-रेडमी के४० रेडमीको के४० प्रो तथा रेड्मीको के४० प्रो प्लस रहेका छन्।

कम्पनीले आज यी तीन भेरियन्टहरु लञ्च गरेको हो। यी तीन भेरियन्टमध्ये रेडमी के४० मा क्वालकमको ८७० एसओसी प्रोसेसर तथा के४०प्रो र के४०प्रो प्लस दुवैमा क्वालकमकै ८८८ एसओसी प्रोसेसर प्रयोग गरिएको छ। यस बाहेक यी तीन वटै भेरियन्टमा पछाडिपट्टि तीन वटा क्यामरा दिइएको छ।

र्याम र स्टोरेज क्षमता

रेडमी के४०

६जीबी र्याम १२८ जीबी स्टोरेज
८जीबी र्याम १२८ जीबी स्टोरेज
८जीबी र्याम २५६ जीबी स्टोरेज
१२ जीबी र्याम २५६ जीबी स्टोरेज

रेडमी के४० प्रो

६जीबी र्याम १२८ जीबी स्टोरेज
८जीबी र्याम १२८ जीबी स्टोरेज
८जीबी र्याम २५६ जीबी स्टोरेज

रेडमी के४० प्रो प्लस

१२ जीबी र्याम २५६ जीबी स्टोरेज

शाओमीले आज रेडमी के४० सिरिज सार्वजनिक गर्ने क्रममा दुई वटा नयाँ मोबाइल फोन तथा एउटा टेलिभिजन उत्पादक प्लान्ट सुरु गर्ने घोषणा पनि गरेको छ।

शाओमी इन्डियाका प्रमुख तथा ग्लोबल भाइस प्रेजिडेन्ट मनु जैनका अनुसार नयाँ मोबाइल फोन  तथा टेलिभिजन उत्पादक प्लान्ट भारतमा सुरु भएपछि कम्पनीका यहाँ बिक्ने ९९ प्रतिशत स्मार्टफाेन र शत प्रतिशत टेलिभिजन सेटहरु यहीँ उत्पादन गरिनेछन्।

शाओमीले भारतलाई आफ्ना उत्पादनहरुकाे निर्यात केन्द्र अर्थात् एक्स्पाेर्ट हब बनाउन चाहेकाे पनि जैनले बताए। एजेन्सी

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १४ फाल्गुन २०७७, शुक्रबार