सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

  • Technology Khabar | ३० माघ २०७७, शुक्रबार
सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

काठमाडौं ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे ।

सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरीएको बैंकले जानकारी दिएको छ।

सो कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । उनले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याएका थिए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको जनाएको छ।

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • ३० माघ २०७७, शुक्रबार