नेपाल टेलिकमको एफटीटीएच सेवा ४२ जिल्लामा पुग्यो, देशभर एक लाख १५ कनेक्सन

  • Technology Khabar | २२ माघ २०७७, बिहीबार
नेपाल टेलिकमको एफटीटीएच सेवा ४२ जिल्लामा पुग्यो, देशभर एक लाख १५ कनेक्सन

काठमाडौं ।

नेपाल टेलिकमले एउटै फाइबरबाट फोन, इन्टरनेट र टिभी सेवा उपलब्ध हुने फाइबर टु दि होम (एफटीटीएच) सेवा विस्तारलाई तीब्र बनाएको छ ।

टेलिकमको एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ ।

टेलिकमले पुस १७ गतेदेखि एफटीटीएच सेवामा टिभी थप गरेको छ । त्यस अघि एफटीटीएच सेवामा इन्टरनेट र फोन सेवा मात्र उपलब्ध थियो ।

थप सेवासँग एफटीटीएच प्रति ग्राहकको आकर्षण बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताए । प्रबन्ध निर्देशक अधिकारीले आज आयोजित १७औं वार्षिकोत्सव कार्यक्रममा एफटीटीएच भएका स्थानमा भिडियो अन डिमान्ड (भीओडी) लगायत सेवा ग्राहकलाई उपलब्ध गराउने पनि जानकारी दिए ।

हालसम्म एक लाख १५ ग्राहकहरुकोमा एफटीटीएच जडान भइसकेको छ ।

एफटीटीएच सेवा विस्तारका लागि टेलिकमले तामाको तारको नेटवर्कलाई अप्टिकल नेटवर्कले विस्थापित गर्ने योजनालाई तीब्र बनाइरहेको छ ।

प्रकाशित: २२ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...