कुमारी बैंक लिमिटेडको नौ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

  • Technology Khabar | २१ पुष २०७७, मंगलवार
कुमारी बैंक लिमिटेडको नौ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

काठमाडौं ।

कुमारी बैंक लिमिटेडले आफ्ना नौ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय माध्यममार्फत बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा उद्घाटन भएको हो ।

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे्का हुन ।

यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पदाधिकारीहरुको उपस्थितिमा उद्घाटन भएको हो ।

प्रकाशित: २१ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार