
काठमाडौं ।
शाओमीले हालै एक पावर बैंक लन्च गरेको छ जसले जाडोमा तपाईंको हातलाई न्यानो बनाउनेछ।
कम्पनीले ‘जेडएमआई ह्यान्ड वार्मर पावर बैंक’ लन्च गरेको छ। यो पावर बैंक ५,००० एमएएच क्षमताको हो र यसमा फास्ट चार्ज सपोर्ट छ।
जेडएमआई ह्यान्ड वार्मर पावर बैंक मोबाइलको साथ, तपाइँको हात पनि जाडो मौसममा न्यानो रहनेछ। कम्पनीका अनुसार, यसले एप्पलको ५ वाटको आईफोन १२ चार्जर भन्दला पनि छिटो चार्ज गर्दछ।
यस पावर बैंकमा पीटीसी प्रकार तापमान ताप प्रविधि (टेम्पेरेचर हीटिंग टेक्नोलोजी) प्रयोग गरिएको छ ताकि यसले हातहरूलाई तातो बनाई राख्छ। कम्पनीको दाबी छ कि यसले नियन्त्रित तापमान कायम राख्छ।
शाओमीका अनुसार यस पावर बैंकले तिब्रगतिमा तातो हुन्छ र र मानव शरीर जत्तिकै तातो राख्छ। यो पावर बैंक अधिकतम ५२ डिग्री सेल्सियससम्म तताउन सकिन्छ।
जेडएमआई ह्यान्ड वार्मर पावर बैंकको मूल्य ८९ चिनियाँ यूआन अर्थात करिब १६ सय रूपैयाँ राखिएको छ। हाल, यो चीनमा मात्र बेचिनेछ र अन्य बजारमा कहिले आउँछ भन्ने जानकारी छैन् ।
यस पावर बैंकको तापक्रम घटाउन वा बढाउन समेत सकिने सुबिधा छ । एक तापमान २ देखि ४ घण्टा सम्मको लागि स्थीर रहनेछ । कम्पनीले दावी गरेको छ कि नयाँ पावर बैंकले ५२ मिनेटमा आईफोन १२ लाई पूरै चार्ज गर्न सक्दछ।
कम्पनीका अनुसार यसमा एलईडी लाइट दिइएको छ, जुन फ्ल्यासलाइटको रूपमा पनि प्रयोग हुनेछ। स्मार्टफोन, ब्लुटुथ हेडसेट, स्मार्ट ब्यान्ड र स्मार्ट वाच यस पावर बैंकबाट चार्ज गर्न सकिन्छ। एजेन्सी
प्रकाशित: ११ मंसिर २०७७, बिहीबार