सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीलाई गाली गर्ने एक जना युवक पक्राउ

Technology Khabar ११ मंसिर २०७७, बिहीबार

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने २० बर्षीय निसान थापा क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार निसानले एक जना व्यक्तिलाई ४ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरेको सम्बन्धमा प्रहरीलाई फेसबुकमार्फत अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने र कानुन कार्यान्वयनमा समेत चुनौति दिएका थिए ।

पक्राउ परेका निसान उपर थप आवश्क अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया