Technology Khabar २५ कार्तिक २०७७, मंगलवार
काठमाडौं ।
भारतमा गूगलको पेमेन्ट सर्भिस गूगल पेले बजारमा प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै गूगल विरुद्ध अनुसन्धान हुने भएको छ ।
भारतीय प्रतिस्पर्धा आयोग (सिआईआई)ले गूगल पेको सन्दर्भमा अनुचित व्यापार व्यवहारको लागि इन्टरनेट जायन्ट गूगल बिरूद्ध विस्तृत छानबिनको आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
भारतमा गूगल पे एक लोकप्रिय डिजिटल भुक्तानी प्लेटफर्म हो।
सिआईआईले ३९ पृष्ठको आदेशमा भने, ‘आयोगको पहिलो पक्ष धारणा यो छ कि कम्पनीले कानूनको धारा चारको विभिन्न प्रावधानको उल्लंघन गरेको छ।’
नियामकले आफ्नो महानिर्देशकलाई जाँचको आदेश दिएको छ। यो जांच गूगल पेको सन्दर्भमा कथित विरोधी प्रतिस्पर्धी व्यवहारको लागि भइरहेको छ। प्रतिस्पर्धा आयोगको धारा ४ अन्तरगत बजारमा यसको प्रभुत्वको दुरुपयोगसँग सम्बन्धित छ।
सीसीआईले पहिलो अध्यानमा गूगलको व्यवहार अनुचित भएको पाएको र यसले भेदभावको शर्त लगाएको देखिएको बताएको छ। ‘यसको अन्तर्गत, गूगल पेको प्रतिस्पर्धी एपहरुलाई बजार पहुँच प्रदान गरिएको छैन।’
सीसीआईले अल्फाबेट इंक, गूगल एलएलसी, गूगल आयरल्याण्ड लि, गूगल इंडिया प्राइवेट लि र गूगल इंडिया डिजिटल सर्विसेजको विरुद्ध जाँचको आदेश दिएको हो । एजेन्सी
प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार