काठमाडौं ।
स्मार्टफोन ब्राण्ड भिभोको फ्ल्यागशिप भी सिरिजको नयाँ फोन भी २० नेपाली बजारमा लन्च गर्ने तयारी गर्दैछ।
अन्तराष्ट्रिय बजारमा करिब महिना दिन यसअघि नै लन्च भएको र भारतीय बजारमा पनि केहि दिनअघि सार्वजनिक भएको भी २० नेपाली बजारमा समेत आउन लागेको हो ।
कम्पनीले यहि १८ तारिख अर्थात कात्तिक २ गते भी २० स्मार्टफोन लन्च गर्न लागेको कम्पनी रिटेल स्रोतहरुले जानकारी दिएका छन् ।
यसअघि भीभोले आफ्नो भी सिरिजमा धेरै ट्रेण्डसेटिङ स्मार्टफोनहरु ल्याईसकेको छ । यसका प्रिमियम वर्गका फोनमा ग्राउण्ड ब्रेकिङ क्यामरा इनोभेसन, स्लिक डिजाइन र अल्ट्रा स्मूथ पर्फमेन्स रहेका छन् ।
भी १७ प्रोलाई सार्वजनिक गरेर भिभोले स्मार्टफोन उद्योगमा विश्वको पहिलो ३२ मेगापिक्सेलको डुअल पपअप सेल्फी क्यामरा ल्याएको थियो, जसले स्मार्टफोनमा सेल्फीको क्षमतालाई नै नयाँ रुपमा परिभाषित गरेको दाबी कम्पनीको छ। त्यसपछि अन्य कम्पनीहरुले समेत यसलाई फलो गरेका थिए ।
यस पटक भने भिभोले आफ्नो बहुप्रतिक्षित नयाँ भी२० स्मार्टफोनको क्यामरामा स्मार्टफोन उद्योगको लिडिङ आइ अटोफोकस (Eye Autofocus) फिचर ल्याएको छ, जसले मोबाइल फोटोग्राफीलाई अलग्गै स्तरमा पुर्याएको छ । भिभो भी ट्वान्टी अल्ट्रा स्लिक डिजाइन, हलुको र एकदमै फेसनेबल छ।
प्राप्त जानकारी अनुसार भीभो २० ले क्यामेरा तथा डिजाइन अन्वेषणको नयाँ आयामलाई बाहिर ल्याउने अपेक्षा गरिएको छ ।
हालसम्म कुनै पनि आधिकारिक जानकारीहरु बाहिर आएका छैनन्, तर भी २० मा इन्डस्ट्री लिडिङ आई अटोफोकस फिचर रहने छ ।
भी२० मा हुने यस इन्टेलिजेन्ट आई अटोफोकस फिचरले भने फोटोग्राफीका लागि सम्भाव्यताको नयाँ खोलिदिने बताईएको छ ।
दिन होस् या रात असीमित क्यानभासको साथमा सार्प सिनेम्याटिक तस्वीर खिच्न फोटोग्राफरका लागि यसमा स्टेट अफ आर्ट क्यामेरा सेटअप डिजाइन गरिएको छ ।
कति पर्ला मूल्य ?
भारतीय बजारमा यो फोन दुई भेरिएन्टमा सार्वजनिक भएको थियो । एउटा ८ जीबी र्याम र १२८जीबी स्टोरेज छ भने अर्को ८ जीबी र्याम र २५६जीबी स्टोरेज रहेको छ ।
तर नेपाली बजारमा भने केबल ८जीबी र्याम र १२८जीबी स्टोरेज अप्सन मात्र उपलब्ध हुने स्रोतहरुले जानकारी दिएका छन् ।
त्यसैगरि यो फोनको मूल्य यसअघि लन्च भएको भी १७प्रो को भन्दा कम हुने बताईएको छ । त्यसैले भिभो भी २० को बजार मूल्य ४६ हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार