अमेरिकी एप विकासकर्ताद्धारा एप्पल एप स्टोर विरुद्ध ईयूमा उजुरी

  • Technology Khabar | ८ आश्विन २०७७, बिहीबार
अमेरिकी एप विकासकर्ताद्धारा एप्पल एप स्टोर विरुद्ध ईयूमा उजुरी

काठमाडौं ।

अमेरिकी विकासकर्ता, ब्लिक्सले यूरोपका एंटीट्रस्ट कमिश्नर, मार्ग्रेट भेस्टागरलाई एक पत्र लेख्दै एप्पल एप स्टोर मा अनुचित प्रतिस्पर्धा रहेको बताएका छन् । यसबारेमा ईयूले गहन छानबिन शुरू गर्नेमा उनी आशावादी छन्।

ब्लिक्सको गुनासो त्यस्तो बेला आएको छ जतिबेला भेस्टागरले पहिले नै एप्पल एप स्टोर र मोबाइल भुक्तान प्रणाली, एप्पल पे को अनुसन्धान गर्दैछन्।

वर्तमान समयमा एप्पल एप स्टोरले केही एप विकासकर्ताहरूको कडा विरोधको सामना गरिरहेको छ।

उनीहरूले दावी गर्छन् कि ३० प्रतिशत एप्पल एप स्टोर कमिशन र केहि अन्य नीतिहरू अनुचित छन्। केही विकासकर्ताहरूका अनुसार यी नीतिहरू एप्पलका सेवाहरूलाई प्रबद्र्धन गर्नका लागि रहेका छन्।

स्पष्ट रूपमा, यो पहिलो पटक होईन जब ब्लिक्स यस्तो केहि गुनासो गरिरहेको छ। गत वर्ष डिसेम्बरमा, ब्लिक्सले संयुक्त राज्य अमेरिकामा एप्पल विरूद्ध मुद्दा दायर गरेको थियो त्यसमा एप्पलको आफ्नै एपहरू प्राथमिकता छन भन्ने प्रमाणहरू रहेको दाबी गरेको थियो।

उनको अनुसार, एप्पलका नीतिहरू एप स्टोरमा समान तेस्रो पक्ष एपहरूको विकासका लागि अनुकूल छैनन्।

उनका दाबी छ कि एप्पलको एप स्टोरमा एकाधिकार छ र एप्पल मेलको साथ प्रतिस्पर्धा गर्ने तेस्रो(पार्टी एपहरूमा क्र्याक डाउन गरिन्छ ।

उता यूरोपमा यसअघि नै एप्पलको विरुद्धमा सुनुवाई भईरहेको छ । जहाँ ईयू कमिसनर भेस्टागरले आगामी दिनमा कडा र ससक्त नयाा कानून ल्याउने बताएकी छिन जसलाई डिजिटल एक्टको नामले चिनिनेछ । एजेन्सी

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ८ आश्विन २०७७, बिहीबार