
काठमाडौं ।
अर्बपति एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले नयाँ फन्डिङ्ग अन्तरगत १.९ अर्ब डलर जम्मा गरेको छ।
पिचबुक डाटाकाअनुसार यो स्पेसएक्सद्वारा आजसम्मको सबैभन्दा ठूलो एकल कोष संकलन हुनेछ।
गत हप्ता कोष फन्डिंगको बारेमा रिपोर्ट गर्दै ब्लूमबर्गले जानकारी दिएअनुसार निजी रकेट कम्पनीको कारोबार पछि शेयर मूल्य ४६ अर्ब डलरको हुनेछ।
सन् २०२० को अन्त्यसम्ममा व्यावसायिक रूपमा ब्रोडब्यान्ड इन्टरनेटको प्रस्ताव गर्न आफ्नो स्टारलिंक स्याटेलाइट (भूउपग्रह) नेटवर्क निर्माण गरिरहेको दौडको समयमा स्पेसएक्सको यो कोष आएको हो।
कम्पनीले गत मंगलबार मात्रै आफ्नो उपग्रहहरुको एघारौं ब्याच प्रक्षेपण गरेको थियो र पृथ्वीको लो अर्बिटमा ६०० भन्दा बढी उपग्रह सञ्चालन गर्दछ।
स्पेसएक्सको क्रु ड्र्यागन क्याप्सुलले नासाको लागि अगस्टको सुरूमा आफ्नो पहिलो दुई महिनाको मिशन पूरा गरेको थियो जसमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा नियमित क्रू मिशनहरू सुरू गर्ने योजनासहित दुई अन्तरिक्ष यात्रीहरुलाई पुर्याएल फिर्ता ल्याएको थियो । एजेन्सीका साथ
प्रकाशित: ४ भाद्र २०७७, बिहीबार