डिजिटल बैंकिङ्ग प्रयोग गर्न नेपाल बैंकर्स संघको आग्रह

  • Technology Khabar | २ भाद्र २०७७, मंगलवार
डिजिटल बैंकिङ्ग प्रयोग गर्न नेपाल बैंकर्स संघको आग्रह

काठमाडौं ।

नेपाल बैंकर्स संघले बैंकमै जानुभन्दा घरबाटै डिजिटल कारोबार गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

संघले कोरोना भाइरसको जोखिम थप बढेको भन्दै  संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो।

डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्राय जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ ।

यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोनमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २ भाद्र २०७७, मंगलवार