सीजीको आफ्नो आधिकारीक वेबसाईट लन्च, घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी पाईने

  • Technology Khabar | २९ श्रावण २०७७, बिहीबार
सीजीको आफ्नो आधिकारीक वेबसाईट लन्च, घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी पाईने

काठमाडौं ।

सीजीले आफ्नो आधिकारीक वेबसाईट लन्च गरेको छ। कम्पनीले सीजीइन्स्पाइरिङलाइफ डट कम नामक वेबसाइट लन्च गरेको हो ।

कम्पनीले सीजी ब्राण्डका सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी खरिदकर्ताहरुलाई दिने उद्देश्यका साथ वेबसाईट बनाएको हो।

यस वेबसाईटमा सीजी ब्राण्डमा रहेका एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ।

कम्पनीकाअनुसार सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदीको दाबी दर्ता गर्नुका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ।

सो वेबसाईटमा उपभोक्ताहरुले आफूले खरिद गर्ने सामानको विशेषतादेखि वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दियो।

ग्राहकको सुविधाको लागि वेबसाईटमा सीजीका सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ।

विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि वेबसाइटबाटै जानकारी पाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २९ श्रावण २०७७, बिहीबार