साउन १ गतेबाट निजी विद्यालयहरुद्धारा अनलाइन कक्षा बन्द गर्ने

  • Technology Khabar | ३१ असार २०७७, बुधबार
साउन १ गतेबाट निजी विद्यालयहरुद्धारा अनलाइन कक्षा बन्द गर्ने

काठमाडौं ।

निजी विद्यालयहरुले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको विषयहरु  सम्बोधन नभएको भन्दै निजी विद्यालयहरुका छाता संस्था प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलबी घर बिदा दिने निर्णय गरेका हुन् ।

दुबै संस्थाहरुले भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेका हुन्।

उनीहरुले आर्थिक समस्याका कारणले शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन नसकिएको भन्दै सो निर्णय गरेको जनाएका छन् ।

साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

प्रकाशित: ३१ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार