अब डिजिटल बैंकिङ कारोबार र अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

  • Technology Khabar | ३१ असार २०७७, बुधबार

काठमाडौं ।

साउन १ गते बिहिबारदेखि डिजिटल बैंकिङ कारोबारमा शुल्क लाग्ने भएको छ । सरकारले लकडाउन सहज बनाएकाे र व्यवसायीक गतिबिधि बढ्न लागेको हुँदा बैंक तथा वित्तीय संस्थाहरुले साउन एक गतेदेखि डिजिटल बैंकिङ कारोबारमा शुल्क लिने बताएका हुन् ।

यसका साथै एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ।

नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यस्तो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेसँगै शुल्क लाग्ने भएको हो ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार सूचना जारी गर्दै साउन १ गते पश्चात विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने जनाएको छ।

यसका साथै कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस, एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नै गर्ने संघद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरि साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन् ।

बैंकहरुले यसअघि कोभिड १९ र लकडाउनको कारणले डिजिटल बैंकिङ कारोबार तथा एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने सुविधा दिएका थिए ।

तर एसोसिएसनले यस्तो सेवामा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा नरहने जनाएको छ ।

प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा लकडाउन समेत खुकुलो भई आवत-जावत खुकुलो भइसकेकोले संघले डिजिटल (विद्युतीय) बैंकिङ कारोबार र एटिएम सेवामा गर्दा पैसा लाग्ने जनाएको हो ।

प्रकाशित: ३१ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार