
काठमाडौं ।
कोरोनाभाइरसको महामारीका बिच म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)ले नयाँ रोबोट डिजाइन गरेको छ। यो रोबोटले आधा घण्टामा ४ हजार वर्ग फुट गोदामको भूईँलाई संक्रमण मुक्त गर्न सक्दछ । यो भविश्यमा ठूला पसल र स्कूलहरु सफा गर्न प्रयोग गर्न सकिन्छ।
विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड आर्टिफिशियल इन्टेलिजेन्स प्रयोगशालाले अवा रोबोटिक्स र ग्रेटर बोस्टन फूड बैंकसँग मिलेर रोबोटको विकास गरेको हो । यस रोबोटले सतहलाई प्रदूषणबाट मुक्त गर्न र हावामा तैरिरहेको कोरोनाभाइरसका कणहरूलाई असरमुक्त गर्न कस्टम यूवी-सी प्रकाश प्रयोग गर्दछ।
एक शोधकर्ताले भने कि यो रोबोट सुपरमार्केट, कारखाना र रेस्टुरेन्टहरूमा पनि प्रयोग गर्न सकिन्छ।
अन्वेषकहरूले रोबोटको विकासको लागि आवा रोबोटिक्सबाट मोबाइल रोबोटको तल्लो भागको उपयोग गर्न ल्याए। यसको माथिल्लो भागमा भने उनीहरुले यसलाई अनुकूलन यूवी-सी बत्तीहरू थपेर परिमार्जन गरे।
जब यो मोबाइल रोबोटले कार्य गर्दछ, यसको माथिल्लो भागबाट सानो वेभलेन्थयुक्त पराबैजनी किरणहरू बाहिर निस्कन्छन्। यी किरणहरूले जिवाणुहरूलाई मार्दछ, साथ साथै तिनीहरूका डीएनएलाई पनि बिगार्दछ।
यस प्रक्रियालाई पराबैजनी कीटाणुनाशक विकिरण (अल्ट्राभाइलेट जर्मिसाइडल इरेडिएसन) भनिन्छ। यो प्रकृया कोठाहरू संक्रमण मुक्त गर्नका लागि सामान्यतया अस्पतालहरू र चिकित्सा संस्थाहरूमा प्रयोग गरिन्छ ।
यूभी सी लाइटले विभिन्न सतहहरूमा रहेको ब्याक्टेरिया र भाइरसहरूलाई मार्न प्रभावकारी साबित भएको अन्वेषकहरूले बताए।
यद्यपि यसले मानिसलाई भने हानि पुर्याउँछ। यो रोबोट आफैंले स्वचालितरुपमा काम गर्दछ। यसको लागि कुनै पर्यवेक्षण गर्नु वा निरन्तर मेसेजिंग गर्नुपर्ने आवश्यक पर्दैन। एजेन्सीका साथ
प्रकाशित: २३ असार २०७७, मंगलवार