१४ वटा भुक्तानी सेवा प्रदायक मध्ये आइएमई पे मात्र ‘पब्लिक’ कम्पनी, शेयर जारी गर्ने योजना

  • Technology Khabar | ३ असार २०७७, बुधबार
१४ वटा भुक्तानी सेवा प्रदायक मध्ये आइएमई पे मात्र ‘पब्लिक’ कम्पनी, शेयर जारी गर्ने योजना

काठमाडौं ।

नेपालमा संचालित भुक्तानी सेवा प्रदायक कम्पनीहरुमध्ये एउटा मात्रै पक्लिक लिमिटेड कम्पनी देखिएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी सेवा प्रदायकहरुको सूचीअनुसार नेपालमा एक मात्र पब्लिक लिमिटेड कम्पनीको रुपमा आईएमई पे वालेट रहेको छ ।

आइएमई पे मोबाइल वालेट संचालन गरिरहेको आई. एम. ई. डिजिटल सोलुसन लिमिटेड रहेकोछ जून कम्पनी आईएमई ग्रुप अन्तरगत संचालन भईरहेको छ ।

यसबाहेक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीहरु मध्येका अन्य बाँकी १४ कम्पनीहरु सबै प्राईभेट लिमिटेड कम्पनीको रुपमा रहेका छन् ।

आईएमई ग्रुपले आफ्ना सबै कम्पनीहरुलाई सर्वसाधारणको स्वामित्वमा संचालन गर्ने उद्धेश्य लिएको आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

‘हामीले आफ्नो ग्रुपका हरेक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा लाने उद्धेश्य लिएका छौं, जसले सर्वसाधारणको विश्वास बढाउँछ,’ उनले भने ।

आइएमई पेलाई पनि आगामी दिनमा सोहि उद्धेश्यअनुसार अगाडि बढाईने उनले जानकारी दिए ।

अनुमति पाएका अन्य प्राइभेट लिमिटेड कम्पनीहरुमा ई-सेवा फोन पे प्रालि, सेलकम प्रालि, सी.जी. पे नेपाल प्रालि, स्प्यारो पे प्रालि, पे नेप प्रालि, क्यू पे प्रालि, नेपाल पे टाइम प्रालि, स्मार्ट कार्ड नेपाल प्रालि, मोहर डिजिटल प्रालि, प्रभु टेक्नोलोजी प्रालि, इ-नेट पेमेन्ट प्रालि, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि, कुराकानी पे प्रालि रहेका छन् ।

यसैबिच आइएमई पेले आफू पब्लिक लिमिटेड भएको हुँदा छिटै शेयर समेत जारी गर्ने तयारी गरेको छ । यसको लागि कम्पनीले प्रकृया शुरु गरिसकेको छ भने आगामी दिनमा करिब २० प्रतिशत शेयर जारी गर्ने योजना लिएको छ ।
हालै मात्र राष्ट्र बैंकले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरु सबै पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने नियम ल्याएको थियो । तर आइएमई पे भने यसअघि नै लिमिटेड कम्पनीको रुपमा संचालन हुँदै आएको छ ।

भुक्तानी प्रणााली संचालक

अर्कोतर्फ भुक्तानी प्रणााली संचालक कम्पनीहरुमा भने अधिकांश पब्लिक लिमिटेड कम्पनी रहेका छन् । यसमा पब्लिक लिमिटेड कम्पनी हुनेमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड, युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड, फोनपे पेमेन्ट सर्भिस लिमिटेड रहेको छ ।

यसबाहेक भिजा वल्र्डवाईड प्रालि, मास्टरकार्ड एसिया/प्यासिफिक प्रालि, फस्ट पे टेक्नोलोजी प्रालि, भने निजी कम्पनीको रुपमा रहेका छन् ।

यो पनि हेर्नुस्-

भुक्तानी सेवा प्रदायक कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्ने, प्राथमिक शेयर समेत जारी गर्नुपर्ने

प्रकाशित: ३ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • ३ असार २०७७, बुधबार