Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा स्मार्टफोनको आपूर्ति करिब १५.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । सन् २०२० वर्षभरि केबल १ अर्ब १५ करोड यूनिट स्मार्टफोन मात्र बिक्री हुने प्रक्षेपण गरिएको हो ।
डिजिटाइम्सको रिपोर्टअनुसार सन् २०१९ को तुलनामा यो वर्ष १५.४ प्रतिशतले आपूर्ति घट्ने छ । अघिल्लो वर्ष यस्तो आपूर्ति बिक्री १ अर्ब ३६ करोड यूनिट रहेको छ ।
बजार मागमा आएको कमीले स्मार्टफोन ब्राण्डहरुले निर्माता कम्पनीहरुलाई अर्डर कम गर्ने अनुमान गरिएको छ । जसले गर्दा समग्रमा ओडिएम आपूर्ति सन् २०२० मा १३.६ प्रतिशतले घट्नेछ । यस वर्ष केबल २६ करोड यूनिट मात्र आउनेछ ।
चीनमा आधारित विश्वका प्रमुख तीन ओडिएम कम्पनीहरु विङ्गटेक, हाक्विन र लगचिय तथा अन्य तीन उत्पादकहरुले चीन, दक्षिण पूर्वि एशिया र भारतमा सन् २०२० भरी आफ्नो उत्पादन क्षमतालाई बिस्तार गर्नेछन् ।
यी तीन ओडिएमको विश्वभर स्मार्टफोन आपूर्तिको संयुक्त शेयरले सन् २०२० मा भने नयाँ उचाई निे अनुमान गरिएको छ । तर हरेकले गत वर्षको तुलनामा १० प्रतिशतको कमी देख्नेछन् ।
ओडिएमहरुले ४जी र ५जी स्मार्टफोनको अर्डर सामसङ, ह्वावे, ओप्पो, शाओमी र लेनोभोबाट ल्याउने प्रयास गर्नेछन् ।
प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार