दक्षिण कोरियामा सामसङले क्वारन्टाइनमा रहेका व्यक्तिहरुलाई सित्तैमा स्मार्टफोन दिने

  • Technology Khabar | २१ चैत्र २०७६, शुक्रबार
दक्षिण कोरियामा सामसङले क्वारन्टाइनमा रहेका व्यक्तिहरुलाई सित्तैमा स्मार्टफोन दिने

काठमाडौं ।

विश्वभर कोरोनाभाइरसको महामारीले मानिसहरु समस्यामा रहेका छन् । चीनबाट शुरु भएको कोभिड १९ ले गर्दा विश्वभर लकडाउनको अवस्था रहेको छ । जसले गर्दा मोबाइल फोन बजार पनि तहसनहस भएको छ ।

विभिन्न टेक कम्पनीहरुले कोरोनाभाइरस विरुद्ध लड्न सहयोग गरिरहेका छन भने स्मार्टफोन कम्पनीहरु पनि ग्राहकहरुलाई कठिन समयमा सुविधा दिने प्रयास गरिरहेका छन् ।

हालै आएको एक रिपोर्टअनुसार विश्वको सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी सामसङले कोरोनासँग जुधिरहेको बेलामा मानिसहरुलाई सहयोग गर्न स्मार्टफोन, ट्याबलेट तथा एयर प्यूरिफायर निशुल्क दिने भएको छ।

रिपोर्टअनुसार सामसङले आफ्नो देश दक्षिण कोरियामा क्वारन्टाइनमा रहेका मानिसहरुका लागि निशुल्क स्मार्टफोन उपलब्ध गराउने छ । यो सामसङको प्रयास मोबाइल फोन दिएर घरबाट अलग्गै रहेका

मानिसहरुलाई आफ्नो परिवारसँग सम्पर्कमा रहन र यसले उनीहरुको स्वास्थ्यलाई राम्रो पार्छ भनेर दिन लागिएको कम्पनीले उल्लेख गरेको छ।

यसका साथै कम्पनीले शिक्षण संस्थानहरुलाई पनि निशुल्क ट्याबलेट दिनेछ जसको सहयोगबाट घरमा नै रहेका विद्यार्थीहरुले पढाईसँग सम्बन्धित सामाग्रीहरु पुर्याउन सकियोस् । कम्पनीले क्वारन्टाइन सेन्टरहरु र

अस्पतालहरुमा पनि आफ्नो ब्राण्डको एयर प्यूरिफायर तथा अन्य एसेसरिज बितरण गर्नेछ ।

यसअघि नै सामसङले कोरियाली सरकारलाई मास्क, सेनेटाइजरलगायतका सामाग्रीहरु अनुदानमा दिने घोषणा गरिसकेको छ । एजेन्सी

प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • २१ चैत्र २०७६, शुक्रबार

DipArtha hosts interaction program

  • २१ चैत्र २०७६, शुक्रबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • २१ चैत्र २०७६, शुक्रबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • २१ चैत्र २०७६, शुक्रबार

Two hundred thousand online betting apps closed

  • २१ चैत्र २०७६, शुक्रबार