
काठमाडौं ।
कोरोनाभाइरसका कारण विश्वभर यात्रामा प्रतिबन्ध लागेपछि विश्वभर मोबाइल अपरेटरहरुको रोमिङ्ग आम्दानी उच्चमात्राले कम हुने देखिएको छ ।
हालै जूनिपर रिसर्चले सार्वजनिक गरेको एक रिपोर्टकाअनुसार विश्वभर टेलिकम अपरेटरहरुले रोमिङ्गमा आगामी ९ महिनामा २५ बिलियन डलर नोक्सानी भोग्नुपर्नेछ ।
रोमिङ्गमार्फत हुने नोक्सानीलाई क मगर्न टेलिकम अपरेटरहरुसँग कुनै साँच्चीकैको रणनीति नभएको समेत रिपोर्टले औंल्याएको छ । त्यसैगरि रोमिङ्गमा गुम्ने आम्दानी पुन प्राप्ति नहुने र त्यसले आम्दानीमा समेत कमी ल्याउने बताईएको छ ।
रिपोर्टको तथ्यांकअनुसार सन् २०२० मा मोबाइल उद्योगको आम्दानी १.०७ ट्रिलियन डलर हुने अपेक्षा रिएको थियो, जसको अर्थ अहिले हुने २५ बिलियन डलरको घाटा सो विश्वभर हुने आम्दानीको करिब २.३ प्रतिशत हो ।
यो आम्दानीमा हुने कमीलाई अनुसन्धान संस्थाले दुई प्रकारले व्याख्या गरेको छ जसमा उच्च र मध्यम असर हुनसक्ने अनुमान गरेको छ ।
उच्च किसिमको असर अन्तरगत आगामी ९ महिनासम्म यात्रामा प्रतिबन्ध हुनेछ र यसले गर्दा अन्तराष्ट्रिय यात्राको लागि मागमा कमी हुनेछ । जसले गर्दा समग्ररुपमा अन्तराष्ट्रिय रोमिङ्गमा कमी आउनेछ ।
उच्च प्रभावमा कोरोना भाइरसका कारण ६५ करोड भन्दा बढि ट्राभल ट्रिप स्थगित हुने अनुमान गरिएको छ जून समग्र यात्रुको करिब ८० प्रतिशत हो ।
अनुसन्धान रिपोर्टकाअनुसार जून र अगस्ट महिना सबैभन्दा धेरै अन्तराष्ट्रिय यात्रा हुने समय हो जसमा अपरेटरहरुले सबैभन्दा धेर रोमिङ्ग आम्दानी गर्ने गर्दछन् । त्यसैले यी ३ महिनामा नै कुल अपरेटरहरुले आफ्नो १२ बिलियन डलर रोमिङ्ग आम्दानी गुमाउने छन्।
यात्रामा हुने प्रतिबन्धले गर्दा भर्चुअल कन्फ्रेन्सिङ्ग जस्ता सेवाहरु शुरु हुनेछ जसमा अपरेटरहरुलाई भने कुनै फाईदा नहुने अनुसन्धान संस्थाले उल्लेख गरेको छ ।
प्रकाशित: १९ चैत्र २०७६, बुधबार