टिकटकले अमेरिकामा ट्रान्सपेरेन्सी सेन्टर संचालन ल्याउँदै, अमेरिकी सुरक्षा चासोलाई सम्बोधन गर्ने

  • Technology Khabar | ३० फाल्गुन २०७६, शुक्रबार
टिकटकले अमेरिकामा ट्रान्सपेरेन्सी सेन्टर संचालन ल्याउँदै, अमेरिकी सुरक्षा चासोलाई सम्बोधन गर्ने

काठमाडौं ।

भिडियो शेयरिंग प्लेटफर्म टिकटकले आफ्नो कन्टेन्ट मोर्डनाईजेसन सेन्टर संचालनमा ल्याउने भएको छ । कम्पनीले अमेरिकी कानून निर्माताहरुले आरोप लगाएपछि पारदर्शितालाई ध्यान दिँदै सो सेन्टर संचालन गर्न लागेको बताएको छ ।

ट्रान्सपेरेन्सी सेन्टर टिकटकको लस एन्जल्स कार्यालयमा खुल्नेछ जहाँ बाहिरी विज्ञहरुले त्यसको संचालनहरु हेर्ने कम्पनीले उल्लेख गरेको छ ।

टिकटकको सो सेन्टरले पछि एपको सोर्स कोडमा इन्साइट उपलब्ध गराउनेछ भने सफ्टवेयरको आन्तरिक संरचनालाई नजिकबाट सुरक्षा दिनेछ भने यसबाहेकका प्राइभेसी र सेक्यूरिटीलाई समेत सम्बोधन गर्नेछ।

कयौं अमेरिकी एजेन्सीहरुले टिकटकलाई आफ्ना सेक्यूरिटी र इन्टेलिजेन्स ब्यूरोका कर्मचारीलाई प्रयोगमा प्रतिबन्ध लगाएका छन् । विशेषगरि उनीहरुले सो चिनियाँ एपले प्रयोगकर्ताहरुको जासूसी गर्ने र त्यसको जानकारी चिनियाँ सरकारलाई उपलब्ध गराउने आरोप लगाउँदै आएका छन भने टिकटकले त्यसको खण्डन गर्दै आएको छ । कम्पनीले अमेरिकी यूजरको डाटा अमेरिकामा नै स्टोर गरिने गरेको दाबी गर्दै आएको छ ।

सो एप विशेषगरि दक्षिणपूर्वी एशियासहित नेपाल भारतमा निकै लोकप्रिय रहेको छ । एजेन्सी

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार