
काठमाडौं ।
गूगलले हालै एसी१९ नामको एक एप आफ्नो प्ले स्टोरबाट डिलिट गरेको छ । यस एपलाई कोरोनाभाइरसको पहिचानको लागी इरानी सरकारले डेभलप गरेको थियो ।
गूगलले यसलाई डिलिट गर्नु अघि यस एप ४० लाख भन्दा धेरै पटक डाउनलोड भईसकेको थियो ।
रिर्पोटअनुसार यस एपलाई इरानी सरकारले गतहप्ता सार्वजनिक गरेको थियो र एउटा सन्देशमार्फत इरानी जनतालाई यो एप डाउनलोड गर्न आग्रह गरिएको थियो । यस एपको उदेश्य अस्पतालहरुमा हुने चाप र तनावलाई कम गर्नु भएको जनाइएको छ ।
यद्पी केहि यूजरहरुले यो एप इरानी सरकारको स्पाम भएको र यसबाट इरान सरकारले यूजरहरुको पर्सनल डाटालाई निगरानी गर्न चाहेको बताएका छन् ।
यस एपको एपिकेले भने यसमा कुनै पनि प्रकारको ट्रोजन वा स्पाईवेयर नभएको देखाएको छ । एजेन्सी
प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार