काठमाडौं ।
काठमाडौं । भीभोले आफ्नो नयाँ ५जी स्मार्टफोन एस ६ लन्च गर्ने योजना बनाइरहेको छ। चीनको माइक्रोब्लगिंग साइट वीबोमा एउटा जानकारी आएको छ जस अनुसार कम्पनीले भीभो एस ६ फाइभजी लन्च गर्न सक्नेछ।
भीभो एस ६ को बारेमा भनिएको छ कि फोन यसै महिना मार्चमा लन्च हुनेछ।
यद्यपि भीभोले यस फोनको बारेमा आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन। यो एस ६ फाइभजी गत वर्ष नोभेम्बरमा लन्च भएको भीभो एस ५ को अपग्रेड संस्करणको रुपमा आउने अनुमान गरिएको छ।
यसका साथै यो फोन भीभो ब्रान्डमा आउने नयाँ ५जी स्मार्टफोन अन्तरगत हुनेछ। वीबोमा शेयर गरिएको पोस्टमा भीभो एस ६ का कुनै पनि विवरणहरु साझा गरिएको छैन। एजेन्सी
प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार