
काठमाडौं ।
काठमाडौं । सामसङ नेपालले आफ्नो दुईवटा बजेट स्मार्टफोनहरुको बजार मूल्यमा कटौती गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध रहेका ए सिरिजका दुई स्मार्टफोनहरु ग्यालेक्सी ए२ कोर र ग्यालेक्सी ए २०एसको बजार मूल्य घटाएको हो ।
कम्पनीले आगामी साता आउने फागु पर्वको अवसर पारेर ल्याएको होली रंगोत्सवअन्तरगत दुई मोडलका स्मार्टफोनहरुको मूल्य घटाएको छ ।
सामसङका अनुसार ग्यालेक्सी ए २ कोर स्मार्टफोनको नयाँ मूल्य ८ हजार ४९९ रुपैयाँ तोकिएको छ जसमा कम्पनीले ५०० रुपैयाँ बजार मूल्य कटौती गरेको छ भने अर्को स्मार्टफोन ग्यालेक्सी ए २०एसको ३जीबी र ४ जीबी दुबै भर्सनमा मूल्य घटाएको छ ।
ग्यालेक्सी ए २०एस को ३जीबी र्याम भर्सनको नयाँ मूल्य १८ हजार ८९९ रुपैयाँ तोकिएको छ, जसमा कम्पनीले १ हजार रुपैयाँ घटाएको छ ।
अर्को ४जीबी भर्सनको नयाँ मूल्य कम्पनीले १९ हजार ९९९ रुपैयाँ तोकेको छ जसमा कम्पनीले पुरानो मूल्यमा १ हजार १९९ रुपैयाँ कटौती गरेको हो ।
कम्पनीले कटौती गरेको बजार मूल्य तत्काल लागू हुने जनाएको छ ।
प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार