नेपाल भ्रमण वर्ष प्रबर्द्धन गर्न भाइबरमा स्टिकर उपलब्ध, स्टिकर प्रयोग गरेर नेपाल घुम्न बोलाउनुस्

Technology Khabar १७ पुष २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । भाइबरले नेपाल भ्रमण वर्षलाई सघाउने गरेर भाइबर स्टिकरहरु सार्वजनिक गरेको छ ।

नेपाल भ्रमण वर्षको अवसर पारेर बुधबार जनवरी १ तारिखमा आयोजित कार्यक्रमको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाइबर स्टिकरहरु अनावरण गरेकी थिईन् ।

भाइबरमा उपलब्ध सो स्टिकरहरुलाई ‘एक्सपेरियन्स नेपाल’ नाममा सार्वजनिक गरिएको छ जसमा १६ वटा फरक फरक स्टिकरहरु छन् ।

भिजिट नेपाल २०२० सचिवालयले तयार पारेको ती स्टिकरहरुमा गैँडा, यति, पाण्डा, अर्ना, बाघ लगायतका जनावरहरुको चित्रका साथमा नेपाल भ्रमणको संदेशहरु  रहेकोछ ।

ती भाइबर स्टिकरहरुमा ट्रेकिङ्ग, नेपाली टोपी, नेपाली परिकारको रुपमा दालभात र मःमः, जंगल टूर, लाइफटाइम एक्सपेरियन्स, हिमालय आरोहण, सूर्योदयलगायतलाई समावेश गरिएको छ ।

सो स्टिकर भाइबरको स्टिकर मार्केटमा जनवरी १ तारिखदेखि नै उपलब्ध छ भने त्यसलाई निशुल्करुपमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

भाइबरकाअनुसार यी स्टिकरहरु आगामी मार्च ३० तारिखसम्म उपलब्ध हुनेछन् । यी  स्टिकरहरु  मोबाइल  एपमा  मात्र  डाउनलोड  गर्न  सकिन्छ  ।

प्रकाशित: १७ पुष २०७६, बिहीबार

तपाइको प्रतिक्रिया