
काठमाडौं ।
काठमाडौं । गूगलले हालै आफ्नो क्रोमको ७९ भर्सन नयाँ फीचरहरुसहित लन्च गरेको थियो । जसमा ट्याब फ्रिजिङ्ग र फिसिंग प्रोटेक्सन समेत रहेको थियो ।
यदपी नयाँ भर्सनले सेक्यूरिटीमा सुधार गर्न खोजेपनि कम्पनीको सो प्रयासमा तुसारापात भएको छ । हालै क्रोम ७९ मा यूजर्सको पासवर्ड लीक हुने समस्या भेटिएको छ । अझ विशेषगरि भारतीय यूजर्सको पासवर्ड लीक भएको छ ।
यसअघि कम्पनीले ५० प्रतिशत यूजर्सहरु यसबाट प्रभावित भएको अनुमान गरेको थियो तर केबल १५ प्रतिशत यूजर्सहरु मात्र यसमा प्रभावित भएको भेटिए ।
कम्पनीले यो समस्यालाई समाधान गर्न सही रणनीति तयार पारिरहेको छ । त्यसैगरि ब्राउजरले प्रभावित यूजर्सलाई नोटिफाई गर्न शुरु गरेको छ । यदि तपाईँ पनि सो समस्याबाट प्रभावित हुनुभएको छ भने तपाईँको ब्राउजरमा पप अप देखिनेछ र पासवर्ड तत्काल परिवर्तन गर्नको लागि भन्नेछ ।
पप अप मेसेज जतिबेला यूजर्सले प्रभावित भएका वेबसाइटहरु भिजिट गर्दछ त्यसबेला देखिनेछ । र यस्तो मेसेज मोबाइल फोन, ल्यापटप तथा ट्याबलेट सबैमा देखिन र पढ्न सकिन्छ ।
सो मेसेजमा पासवर्ड परिवर्तन गर्नको लागि भनिएको छ भने यूजर्सको पासवर्ड डाटा ब्रीचमा सार्वजनिक भएको जानकारी दिनेछ ।
कम्पनीले बग फिक्स सहितको क्रोम ब्राउजरपनि साथै अपडेट गरिरहेको छ । एजेन्सी
प्रकाशित: १० पुष २०७६, बिहीबार