क्लियरिङ्ग कम्पनी एनसिएचएललाई साफा बिपिएद्धारा “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

  • Technology Khabar | २० कार्तिक २०७६, बुधबार
क्लियरिङ्ग कम्पनी एनसिएचएललाई साफा बिपिएद्धारा “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि (एनसीएचएल)लाई साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडरेसन अफ एकाउन्ट्यान्ट्स (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ।

यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इस्टिच्यूट्स अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल आईक्यानद्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो ।

एनसीएचएलले भुक्तानीतथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २० कार्तिक २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार