
काठमाडौं ।
काठमाडौं । फेसबुकले धेरै पहिले बायोमेट्रिक प्रमाणीकरण सुविधा शुरु गरेको थियो। वास्तवमा, यो सुविधा व्यक्तिहरूको फोटो दुरुपयोग नहोस् भन्नका लागि कम्पनीले ल्याएको बताएको थियो ।
सुरुमा, कम्पनीले यसलाई डिफल्टमा राख्यो र यसको कारणले गर्दा गोपनीयता बारे हडकम्प मच्चियो। पछि, कम्पनीले यूजर वेलफेयरको दाबी गर्दै यसलाई वैकल्पिक बनायो। यद्यपि यो सुविधा अहिलेसम्म फ्लप भएको छ। यदपि फेसबुकले यो फिचरबाट कयौं प्रयोगकर्ताहरूको फेस डेटा संकलन गरेको हुनुपर्दछ।
फेसबुकको फेसियल रिकोग्निसनको बारे हालै नयाँ रिपोर्ट आएको छ। फेसबुकले अनुहार पहिचान गर्न फेसियल रिकोग्निसनमा आधारित पहिचान प्रमाणिकरणको तयारी गरीरहेको छ।
ट्विटरमा आफूलाई रिभर्स इन्जिनियरिंगको एक विशेषज्ञको रूपमा बताउने जेन मंचन वोंग नाम एक टिपस्टरले हालै सो जानकारी दिएकी हुन् । उनले केहि ट्वीट गरेकी छिन र यसका साथमा केहि स्क्रीनशट सेयर गरेकी छिन्।
जेनका अनुसार, फेसबुकले फेसियल रिकोग्निसनमा आधारित पहिचान प्रमाणिकरण सुविधा ल्याउँदैछ। यो नयाँ सुविधाको लागि, प्रयोगकर्ताहरूले विभिन्न कोणबाट सेल्फी लिनुपर्दछ र यसको लागि दर्ता गर्नुपर्नेछ। यो सुविधाको परिचय पछि तपाईले ईमेल र पासवर्ड लेख्नु पर्ने छैन। यस सुविधाले स्मार्टफोनमा हाल प्रयोग हुँदै आएको फेस अनलकले जस्तै कार्य गर्दछ।
यो फीचर बारे सुन्दा अनौंठो लाग्दछ, किनभने फेसबुकले हार्डवेयर डिजाइन गर्दैन। तर यदि यो भयो भने मार्क जुकरबर्ग फेरी एक पटक गोपनीयता बारेका प्रश्नहरूबाट घेरिनेछन। किनभने फेसबुकका अरबौं प्रयोगकर्ताहरूको फेस डेटा सीधै फेसबुकसँग हुनेछ र यो प्राइभेसीको सम्बन्धमा स्पष्ट समस्याकाे रुपमा हुनेछ।
ट्वीटमा सेयर गरिएको स्क्रिनसटमा, फेसियल अथेन्टिकेसन दर्ता दर्ता गर्ने चरणहरू दिइएका छन्। जसअन्तरगत सबैभन्दा पहिले भिडियो सेल्फी रेकर्ड गर्नु हो। आँखाको तहमा फोन राखेर एनरोल गर्नुपर्नेछ ।
उक्त रिपोर्टका अनुसार फेसबुकले भनेको कि कसैले पनि यो भिडियो सेल्फी हेर्न सक्दैन र यो कन्फर्मेसन भएको ३० पछि यसलाई डिलीट गरिदिनेछ।
प्रकाशित: २० कार्तिक २०७६, बुधबार