अमेरिकन पेमेन्ट प्लेटफर्म पेपालले चीनमा सेवा बिस्तार गर्ने, स्थानिय पेमेन्ट कम्पनीको शेयर खरिद

Technology Khabar १५ आश्विन २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । अमेरिकन डिजिटल मनी ट्रान्सफर प्लेटफर्म पेपाल होल्डिङ्गस इंकले चीनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । कम्पनीले चीनको स्थानिय पेमेन्ट कम्पनीको प्रमुख शेयर किनेसँगै पेपालले (PayPal) चीनमा पनि सेवा शुरु गर्ने भएको हो ।

हालै पिपुल्स बैंक अफ चाइनाले गूओफुबाओ इन्फर्मेशन टेक्नोलोजी कम्पनीको गोपे (GOPay) को ७० प्रतिशत शेयर किन्ने अनुमति पाएकोछ । यो सहमतिसँगै पेपाल चीनमा पेमेन्ट प्लेटफर्म संचालन गर्ने पहिलो विदेशी कम्पनी हुनेछ ।

गोपेले अनलाइन र मोबाइल कारोबारहरुको लागि लाइसेन्स लिएको छ । यसले ईकमर्श, क्रस बोर्डर कमर्श, एभिएसनलगायतका क्षेत्रमा पेमेन्ट प्रोडक्टहरु प्रदान गर्दछ ।

पेपालले सो कम्पनीमा सांघाईमा रहेको सब्सिडरी कम्पनी यिनबाओबाओ इन्फर्मेशन टेक्नोलोजी कम्पनी लिमिटेड मार्फत शेयर अधिकार लिनेछ । सो शेयर कारोबारको सम्पूर्ण कार्य २०१९ को चौथो क्वाटरमा सकिने अपेक्षा गरिएको पेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनको अनलाइन पेमेन्ट बजारमा हाल स्थानिय कम्पनीहरुको नेतृत्व रहँदै आएको छ जसमा अलिपे र वीच्याट पे मोबाइल क्षेत्रमा छन् ।

चीनमा मोबाइल पेमेन्ट सन् २०१७ देखि २१.८ प्रतिशत वृद्धि भएको छ भने सन् २०२३ सम्ममा ९६.७३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । त्यसैगरि कुल मोबाइल पेमेन्ट ग्राहकहरुको संख्या पनि बढेर सन् २०२३ सम्ममा ९५६ मिलियन हुने प्रक्षेपण गरिएको छ ।

गत वर्षमात्रै चीनको केन्द्रिय बैंकले घरेलु बजारमा विदेशी तेस्रो पक्षिय इलेक्ट्रोनिक पेमेन्ट कम्पनीहरुलाई खुला गर्ने घोषणा गरेको थियो ।

प्रकाशित: १५ आश्विन २०७६, बुधबार

तपाइको प्रतिक्रिया