वायुसेवा संचालक संघको अध्यक्षमा क्याप्टेन थापा चयन

  • Technology Khabar | १५ भाद्र २०७६, आईतवार
वायुसेवा संचालक संघको अध्यक्षमा क्याप्टेन थापा चयन

काठमाडौं ।

काठमाडौं । निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संघले उक्त वार्षिक साधारण सभा मार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्याप्टेन थापाले नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी संचालन गर्दै आएका छन् भने उनी सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील छन्। उनी यस अघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका थिए ।

संघको १९ औं साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । जसमा प्रथम उपाध्यक्षमा अनोज रिमाल, द्वितिय उपाध्यक्षमा गोपाल भट्टराई, महासचिवमा मनोज कार्की, सचिवमा राजु न्यौपाने र कोषाध्यक्षमा रुपेश जोशी रहेका छन् । त्यसैगरि ७ जना सदस्य पनि चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष क्या. थापाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने र सरकारी निकायसँग आवश्यक समन्वय, समर्थन तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै भ्रमण वर्ष सफल बनाउन सरकारी निकाय तथा भ्रमण वर्ष सचिवालयसँग आवश्यक सहकार्य गर्न पनि तयार रहेको बताए ।

सो अवसरमा वायुसेवा कम्पनीहरुको अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बार्षिक साधारण सभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली हवाई सेवालाई अझ बढी सुरक्षित र सेवा सुविधालाई अझै बढी प्रभावकारी बनाउन सरकारले चाहेको बताए ।

‘हामी निजी क्षेत्रलाई सकारात्मक रुपमा हेरिरहेका छौं । कुनै पनि निजी वायुसेवा धरासायी नहुने र सबै वायुसेवालाई समान व्यवहार गर्नेछौं,’ मन्त्री भट्टराईले भने ।

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार