स्काईपमा कुराकानी गर्नुहुन्छ ? माइक्रोसफ्टका कामदारले सुन्छन तपाईँको व्यक्तिगत कुराकानी

  • Technology Khabar | २३ श्रावण २०७६, बिहीबार
स्काईपमा कुराकानी गर्नुहुन्छ ? माइक्रोसफ्टका कामदारले सुन्छन तपाईँको व्यक्तिगत कुराकानी

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टका कामदारहरुले स्काईपमा प्रयोगकर्ताहरुबिच हुने कुराकानी सुन्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
उनीहरुले सो कुराकानी सुनेर त्यसलाई ट्रान्सलेसन गर्ने सफ्टवेयरको माध्यमबाट प्रोसेस्ड गर्ने रिपोर्ट आएको हो ।

माइक्रोसफ्टसँग कन्ट्र्याक्टमा काम गरिरहेको कामदारहरुले ट्रान्सलेसनको गुणस्तर मापन गर्नका लागि माइक्रोसफ्टको लागि सो रिभ्यू गर्ने गरिएको टेक साइट मदरबोर्डले जनाएको छ ।

जे भएतापनि मानिसहरुले ती कलहरु स्काईपको टर्म एण्ड कन्डिसन्सको आधारमा सुन्नु कुनै फरक विषय भने होईन् । माइक्रोसफ्टले भने यूजर्सको अनुमति लिएर मात्र उनीहरुको डाटा कलेक्ट र प्रोसेस गरिने गरेको बताएको छ ।

स्काईपको ट्रान्सलेटर सर्भिसले लाइभ अडियो र भिडियो कलहरु भईरहेको बेलामा नै कुराकानीलाई ट्रान्सलेसन गर्दछ ।

मदरबोर्डले ट्रान्सलेसन गरिएका स्काईपको कुराकानीहरुको अडियो सुनेको बताएको छ जसमा यूजर्सले एक आपसमा इन्टिमेट सम्बन्धहरुको बारेमा बताएका थिए र त्यो छलफल जसमा तौल घटाउने र सम्बन्धमा आएका समस्याहरुलगायतका व्यक्तिगत विषयहरु समावेश थिए ।

टेक साइटले कन्ट्रयाक्टर्सका मानिसहरुले माइक्रोसफ्टको भच्र्यूअल भ्वाइस एक्टिभेटेड असिस्टेन्ट कोर्टानासँग गरिएको भ्वाइस कमाण्डलाई पनि सुन्ने गरेको प्रमाण रहेको दाबी गरेको छ ।

कम्पनीका प्रवक्ताले भने भ्वाइस डाटा संकलन र प्रयोग गर्नुभन्दा पहिले माइक्रोसफ्टले कस्टमरहरुको अनुमति लिने गरिएको बताएकि छिन् ।

कम्पनीको प्राइभेसी स्टेटमेन्टले पनि डाटा कम्पनीको लागि कार्यरत भेण्डरहरुसँग शेयर गर्न सकिने बताएको छ तर यसमा मानविय कामदारहरुको बारेमा भने उल्लेख छैन् ।

यसअघि पनि मानिसहरुको भ्वाइस डाटाको दूरुपयोग भएका समाचारहरु आएका थिए । टेक कम्पनीहरु एप्पल र गूगलले पनि आफ्नो भ्वाइस रेकर्डिंड सुन्ने गरेको रिपोर्टआएसँगै त्यसको लागि प्रयोग गरिने मानविय कन्ट्र्याक्टरमा स्थगन गरेका थिए । बीबीसीबाट

प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार