नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्टआईपीएस ई पेमेन्ट प्रणालीमार्फत

  • Technology Khabar | २४ असार २०७६, मंगलवार
नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्टआईपीएस ई पेमेन्ट प्रणालीमार्फत

काठमाडौं ।

काठमाडौं । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानीलाई अनलाईन माध्यममार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआईपीएस ई पेमेन्ट connectIPSe-Payment प्रणालीबाट हुने भएको छ ।

सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अपरेटिंग अफिसर मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी अन्लाईन माध्यम मार्फत कनेक्टआईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआईपीएस ई पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ ।

यसका निम्ति ऋृणी ले कनेक्टआईपीएस ई पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋणीले www.connectips.com मा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २४ असार २०७६, मंगलवार