नबिल नारी उद्यमी सीड क्याम्प हुँदै

  • Technology Khabar | २६ बैशाख २०७६, बिहीबार
नबिल नारी उद्यमी सीड क्याम्प हुँदै

काठमाडौं ।

ललितपुर । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा ‘नबिल नारी उद्यमी सीड क्याम्प’ हुने भएको छ । पुल्चोकस्थित ‘इनोभेसन हाइभ’ मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले ‘नबिल नारी उद्यमी सीड क्याम्प’को आवेदन खुला गरिएको जानकारी गराए।

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो महिला(लक्षित संस्करण हो, जसमा कम्तिमा एक महिला सह(संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन।

आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकाश तालिम दिने छन्। यसरी तालिम सिद्ध्याएका सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछिको डेमोडे मा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्। यो संस्करणमा जम्मा २० वोटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट भै अर्को चरणमा जाने बताईएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहकाअनुसार यही बसेर केहि गर्छु भन्ने सपना देखि संकल्प गर्ने युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर हो जसले विशेसत नेपालका कुना(कन्दरामा रहेका यस्ता व्यावसायिक सोच राखेका महिला दिदि-वहिनीलाइ आफ्नो सोच अगाडी बढाउन सहयोग गर्छ। तेस्तै शाहले उद्यमी इनोभेसनसंग यो पहिलो सहकार्य भएतापनि कार्यक्रमले गति लिंदै जाँदा नबिल बैंक यस्तो कार्यक्रम आउने दिनमा सातै प्रदेशमा लान इच्छुक रहेको जनाए ।

उद्यमी इनोभेसनका शरद केसीले उद्यमी सीड क्याम्प आफ्नो सोचलाई व्यावासाएमा बदल्ने प्लेटफर्म रहेको र यसले आफ्नो सोचलाई परिक्षण गर्न, परिस्कृत गर्न र सुरुवात गर्न सघाउने बताए।

प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

  • Technology Khabar
  • २६ बैशाख २०७६, बिहीबार