
काठमाडौं ।
काठमाडौं । फक्सवागन अर्थात जर्मनी भाषामा “जनताको गाडी” नेपालमा शुरुवात गरेको १० वर्ष पुरा गरेको उपलक्ष्यमा दश वटा अफर सार्वजनिक गरेको छ ।
कम्पनीले दशौं अफरअन्तरगत फक्सवागका जर्मनीमा उत्पादन भएका हरेक गाडिमा १० लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ । त्यसैगरि प्रथम १०० जना ग्राहकहरुलाई २५ लाख ९० हजार रुपैयाँमा नै पोलो कार बिक्री गर्ने जानकारी दिएको छ ।
कम्पनीले गाडि खरिदकर्ताहरुलाई तुरुन्त फाईनान्सको सुविधा, फ्रि एक्सेसेरिज, पहिलो वर्षको लागी निशुल्क सडक कर, एक्सचेञ्ज बोनस, लोएल्टी बोनस, १० बर्षको निशुल्क सर्भिसिङ, २ वर्षको लागी निशुल्क रोड एसिस्टेन्स तथा चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा लगायतका अफरहरु सार्वजनिक गरेको छ ।
कम्पनीले विगत दश वर्षमा ग्राहकहरु तथा गाडी पारखीहरुलाई युरोपियन फक्सवागन गाडीको मर्मत तथा संभार खर्च अन्य गाडीको तुलनामा अति न्युन रहेको छ भन्ने बुझाउनु निकै कठिन भएको प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले बताए ।
फक्सवागन गाडीको सर्भिस हाल आएर नेपालको १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरु द्धारा गरिन्छ ।
पछिल्ला दिनहरुमा छिमेकी राष्ट्र भारतबाट जर्मन प्रविधीमा आधारित पोलो र भेन्टो गाडी तथा त्यससँग सम्बन्धित पार्टस् पुर्जाहरु आउन शुरु गरेपछी मर्मत सम्भार खर्च थप घटेको विजुक्छेले बताए ।
विश्वको सबैभन्दा ठुलो कार निर्माता कम्पनीको रुपमा स्थापित फक्सवागनले एस यु भी र अर्को विद्युतीय गाडीहरु उत्पादन गर्ने उदेश्य राखेको छ ।
फक्सवागनको तर्फबाट नेपाली बजारमा सानो एस यु भी गाडीको रुपमा टि क्रस तथा ६ प्रकारका विभिन्न विद्युतीय गाडीहरु प्रवद्र्धन गर्न प्रारम्भिक गृहकार्य भईरहेको जानकारी गराईयो ।
साथै १० औँ वार्षिकोत्सव अफर पारेर फक्सवागन कम्पनीको सहकार्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरिब बाल बालबालिका तथा महिलाहरुको उत्थानमा कार्य गरिरहेको समाजसेवी सँस्थालाई रु.५० लाख बराबरको आर्थिक तथा भौतिक सहयोग विभिन्न चरणमा गरिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी बुझाएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ बैशाख २०७६, मंगलवार