उबरको चालकरहित कार निर्माणमा टोयोटा र सफ्टबैंकको १ सय अर्ब डलर लगानी

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । अमेरिकी कम्पनी उबरमा जापानीज कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएका छन। सो लगानी उबरको अटोनोमस कार अर्थात चालकरहित कार निर्माणमा प्रयोग गरिनेछ ।

टोयोटाले यसअघि नै उबरमा ५० करोड डलर लगानी गरिसकेको छ । गूगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहिन कार निर्माणलाई तिब्रता दिएका छन् ।

पछिल्लो लगानी उबरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ । यस समूहले स्वचालित र चालकरहित कार निर्माणको आधार तयार गर्ने बताईएको छ ।

कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ ।

टोयोटाले आगामी ३ वर्षसम्म सेल्फ ड्राइभिंग भेहिकल उत्पादनको लागत बेहोर्नेगरि अतिरिक्त ३०० मिलियन डलर लगानी गर्ने भएको छ ।

उबरका प्रमुख कार्यकारी डारा खोस्रोशासीले चालकरहित कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट सडकहरु बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने बताए।

गत साता उबरले आईपीओ जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाई सकेको छ । उबरले बुझाएको कागजातअनुसार ६ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबरका सबारी साधन प्रयोग हुने र सन् २०१० देखि हालसम्म १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेका छन् । एजेन्सी

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

६ बैशाख २०७६, शुक्रबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

६ बैशाख २०७६, शुक्रबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

६ बैशाख २०७६, शुक्रबार