
काठमाडौं ।
काठमाडौं । सोशल मिडिया प्लेटफर्म फेसबुकले भिडियो लाइभ स्ट्रीम गर्नका लागि कडा नियम बनाउन भएको छ ।
फेसबुकले न्यूजील्याण्डको दुई मस्जिदमा भएको आक्रमणको भिडियो लाइभ प्रशारण भएपछि चर्को आलोचना खेप्दै आएको छ । कम्पनीले यो बारेमा कडा नियम ल्याउन लागेको फेसबुककी चीफ अपरेटिंग अफिसर शेरिल स्याण्डबर्गले जानकारी दिईन् ।
उनले फेसबुकमा गरिने लाइभको लागि मापदण्ड बनाईने बताईन् । स्याण्डबर्गले एक ब्लग पोष्टमा भनिन कम्पनीले फेसबुकमा को लाइभ भईरहेको छ त्यसबारेमा मनिटर गर्ने छ । उनले आतंकवादी आक्रमणहरुलाई ध्यानमा राखेर फेसबुक लाइभ भिडियोको बारेमा नयाँ मापदण्ड ल्याउन लागेको बताईन् । यसअन्तरगत फेसबुक लाइभलाई कडा बनाईने छ भने फेसबुकमा भएका घृणाजन्य विषयहरुलाई पनि हटाईने छ ।
ब्लगकाअनुसार फेसबुकले ९०० भन्दा बढि अलग अलग भिडियोहरु पत्ता लगाएको छ, जसमा १७ मिनेटको आक्रमणको भिडियोको केहि हिस्सा देखाईएको छ । तथा अस्ट्रेलिया तथा न्यूजील्याण्डमा घृणा फैलाउने समूहहरुको पहिचान गरेर उनीहरुलाई हटाउन हालको आर्टिफिशियल इन्टेलीजेन्स टूल्सको प्रयोग गरेको छ ।
कम्पनीले गत साता मात्र विश्वभरबाट न्यूजील्याण्डमा भएको घटनासँग सम्बन्धित १.५ मिलियन भिडियोहरु हटाएको थियो । फेसबुकसँग हाल २.७ विलियन यूजर्स छन् ।
प्रकाशित: १७ चैत्र २०७५, आईतवार