इलेक्ट्रिक गाडी हुण्डाई ‘कोना इभी’ बजारमा, एक चार्जमा ३ सय १२ किलोमिटर गुड्ने

  • Technology Khabar | १७ माघ २०७५, बिहीबार
इलेक्ट्रिक गाडी हुण्डाई ‘कोना इभी’ बजारमा, एक चार्जमा ३ सय १२ किलोमिटर गुड्ने

काठमाडौं ।

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नयाँ इलेक्ट्रिक गाडी ‘कोना इभी’ सार्वजनिक गरेको छ।

पूर्ण इलेक्ट्रिक सव कम्प्याक्ट एसयूभी ‘कोना इभी’ले १ सय किलोवाट पावर र ३ सय ९५ एनएम टर्क जेनेरेट गर्दछ। १ सय ५५ किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने यो गाडी सिङ्गल चार्जमा ३ सय किलोमिटर भन्दा बढि गुड्ने कम्पनीको दावी छ।

कम्पनीकाअनुसार यसमा इलेक्ट्रो क्रोम्याटिक मिरर, रिजर्भ पार्किङ सेन्सर विथ क्यामरा, इलेक्ट्रिक पार्कङ ब्रेक विथ अटो होल्ड, ६ वटा एयर ब्याग, इमोविलाइजर, रेयर डिफोगर विथ टाइमर, डे टाइम रनिङ लाइट, एण्टी लक ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबलिटी कन्ट्रोल लगायतका फिचर्स समावेस छन्।

यसमा टु टोन बडी कलर, एलइडी पोजिसिनिङ ल्याम्प, एलइडी ल्याम्प, एलइडी हेडल्याम्प विथ स्ट्टिक बेन्डिङ, रुफ र्याक, रेयर स्पोयलर विथ हाई माउण्ट स्टप ल्याम्प इलेक्ट्रिकल्ली एड्जस्टेवल र फोल्डेवल बाहिरी ऐना, १७ इन्च अलोए ह्विल लगायत फिचर रहेको कम्पनीको भनाइ छ।

यसमा ७ इन्चको फल्लोटिङ टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पावर सिट, वायरलेस चार्जर, युएसबी चावर्जर, स्मार्ट फोन कनेक्टीभिटी, अटो लाइट कन्ट्रोल, स्मार्ट कि र पुस् बटन स्टार्ट, हिल असिस्ट कन्ट्रोल लगायतको फिचर्स छन्।

कम्पनीका अनुसार कोना इभि कारलाई फूल चार्ज गर्दा ३९ युनिट विद्युत खपत हुन्छ । एक पटक फूल चार्ज गरेपछि ३१२ किलो मिटर कार चलाउन सकिन्छ । यो कार गुड्दा गुड्दै १० प्रतिशत व्याट्रि आफैँ चार्ज हुन्छ । कार चलिरहेको बेला ब्रेक थिच्दा पनि ब्याट्रि चार्ज हुने बताइएको छ । फूल चार्ज गर्न डिसी फास्ट चार्जरबाट ५७ मिनेट लाग्छ ।

फरक टप बटम, एलइडि डिआरएलयस, ताररहीत फोन चार्जर, हिल एसिस्ट कन्ट्रोल जस्ता विशेषता रहेको छ ।

यो कारका साथमा कम्पनीले घरमा नै सामान्य स्वीचमा गाडी चार्ज गर्न सक्ने इलेक्ट्रिक चार्जर पनि उपलब्ध गराउने छ । जसले १६ एम्पिएरको विद्युतमा पनि गाडिलाई चार्ज गर्न सकिनेछ ।

कम्पनीले यसको बजार मूल्य ५१ लाख ९६ हजार तोकेको छ।

प्रकाशित: १७ माघ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मेटाको नयाँ ‘एआई मोड’ अब फेसबुकमा पनि

  • Technology Khabar
  • १७ माघ २०७५, बिहीबार